नियम ४६
श्रम सम्बन्ध समितिको बैठक
: (१) श्रम सम्बन्ध समितिको बैठक अध्यक्षले तोके बमोजिम सचिवले बोलाउनु पर्नेछ । तर यस्तो बैठक कम्तीमा महीनामा एकपटक बोलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बस्ने बैठकको प्रवन्ध व्यवस्थापकले गर्नु पर्नेछ ।
(३) बैठकको निर्णय सचिवले निर्णय पुस्तिकामा उतार गरी अध्यक्षद्धारा प्रमाणित गराई राख्नु पर्नेछ ।
(४) श्रम सम्बन्ध समितिको बैठक सम्बन्धि संपूर्ण प्रक्रिया सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।